एलिना र प्रतापले आलोचकलाई अमेरिकाबाटै दिए जवाफ

DaksuMedia दाक्सु मिडिया
|
२०८२ आश्विन २२

काठमाडौं, असोज २१ — अमेरिकामा सांगीतिक टूरमा रहेका गायिका एलिना चौहान र गायक प्रताप दास पछिल्लो समय सामाजिक सञ्जालमा अत्यधिक चर्चामा छन्। उनीहरूले साझा गरेका नाचगानका भिडियो र फोटोहरूका कारण सामाजिक सञ्जाल प्रयोगकर्ताहरूले उनीहरूलाई ‘सुन्दर जोडी’ भनेर प्रशंसा गरेका छन्।

कतिपयले त उनीहरूलाई छिट्टै विवाह गर्नुपर्छ भन्ने समेत टिप्पणी गरेका छन्। तर, यी सबै अड्कलबाजी र हल्लामाथि स्वयं एलिना र प्रतापले जवाफ दिँदै आफूहरू दाजुबहिनी भएको स्पष्ट पार्दै आएका छन्।

यी दुई कलाकार अब आलोचकहरूलाई जवाफ दिन तिहार गीत लिएर आउन लागेका छन्। तिहारको भाइटीकालाई केन्द्रमा राखिएको उक्त गीत बुधबार सार्वजनिक हुँदैछ। सार्वजनिक क्लिपमा एलिनाले प्रतापलाई टीका लगाइरहेको दृश्य देखिन्छ, जसबाट उनीहरूले ‘दाजुबहिनी’ भएको सम्बन्धलाई सांगीतिक स्वरूपमा प्रस्तुत गरेका छन्।

यसैबीच, गायिका एलिना चौहानले सामाजिक सञ्जालमार्फत एक सन्देशमूलक स्टाटस लेख्दै लेखेकी छन्:
“गलत नबुझ्ने, गलत नलेख्ने र एउटी नारीलाई खुसी भएको हेर्न सक्ने समाज हामीले कहिले बनाउने?”

उक्त स्टाटसले समाजमा व्याप्त आकस्मिक निष्कर्ष निकाल्ने प्रवृत्तिमहिला प्रति हुने गलत धारणाहरू विरुद्ध कटाक्ष गरेको देखिन्छ।

गीतको छोटो क्लिप सामाजिक सञ्जालमा भाइरल भैरहेको छ। एलिना र प्रतापले आफूहरूबारे फैलिरहेका हल्लालाई सृजनात्मक ढंगले खण्डन गर्दै सांगीतिक जवाफ दिने यो प्रयासलाई धेरैले सराहना गरिरहेका छन्।

तपाईको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *