|
२०८३ श्रावण ३०
काठमाडौं । तनहुँ र लमजुङका केही क्षेत्रमा शनिबार मध्यमदेखि भारी वर्षा भएको छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार स्याम्घा, खुन्छा तथा आसपासका क्षेत्रमा वर्षा भइरहेको हो।
वर्षा अझै जारी रहन सक्ने भएकाले मादी खोला र आसपासका साना–ठूला खोलामा पानीको बहाव अचानक बढ्न सक्ने चेतावनी दिइएको छ। नदी किनार तथा तटीय क्षेत्रमा बसोबास गर्ने नागरिकलाई सम्भावित बाढीबाट जोगिन सतर्क रहन आग्रह गरिएको छ।

दाक्सु मिडिया






तपाईको प्रतिक्रिया दिनुहोस्