अध्यात्म भनेको धर्मान्धता होइन : दीनबन्धु पोखरेल

DaksuMedia दाक्सु मिडिया
|
२०८१ भाद्र १३

स्कटल्यान्ड : पण्डित दीनबन्धु पोखरेलले धर्मान्धतालाई अध्यात्म मान्न नसकिने बताएका छन्। स्कटल्यान्डको ग्लास्गो सहरमा नेपाली समुदायले आयोजना गरेको एक कार्यक्रममा धर्मगुरु पोखरेलले अध्यात्मलाई धर्मान्धता नभईजीवन जिउने कलाका रूपमा बुझ्नुपर्ने बताएका हुन्।

उनले भने, ‘अध्यात्म धर्मान्धता होइन। रूढिगत मान्यता पनि होइन। यो त जीवन जिउने कला हो। मनको शुद्धीकरण हो। एकाग्रचित्त भएर आफूलाई काम वा साधनामालगाउनु र मष्तिष्कमा सद्विचारलाई मात्र ठाउँ दिनु नै अध्यात्म हो।’

स्कटल्यान्डको ग्लास्गोमा नेपाली समुदायले पशपतिनाथको मन्दिर निर्माणको योजना अघि सारेको छ। उक्त मन्दिर निर्माण र नेपालमा असहाय बालबालिकाको सहयोगका लागि ग्लोबल गोर्खा समाज र गोरखाली समाज यूकेको आयोजनामा उक्त कार्यक्रम गरिएको थियो।

तपाईको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *