
काठमाण्डौँ । युवा तथा खेलकुद क्षेत्रमा अहिलेसम्मकै धेरै बजेट विनियोजन भएको छ । आगामी आर्थिक वर्ष २०८२/०८३ को लागि अर्थमन्त्री विष्णु पौडेलले ६ अर्ब ८ करोड बजेट विनियोजन गरेका हुन् ।
आर्थिक वर्ष २०८१/८२ को को भन्दा यो २ करोड ५८ लाखले बढी हो । अघिल्लो आर्थिक वर्षमा युवा तथा खेलकुद क्षेत्रमा ३ अर्ब ५० करोड बजेट विनियोजन गरिएको थियो ।
अर्थमन्त्री पौडेलले खेल पूर्वाधारको निर्माणका लागि लगानी बढाउँदै लगिने उल्लेख गरेका छन् । त्यस्तै झापाको दमकमा आधुनिक रंगशाला निर्माण गरिने र सोलुखुम्बुलगायतका हिमाली क्षेत्रमा हाइ अल्टिड्युड स्पोर्ट्स स्टेडियम निर्माण गरिनेछ ।
कीर्तिपुरमा रहेको टीयू अन्तर्राष्ट्रिय क्रिकेट मैदानको स्तरोन्नतिका लागि ४० करोड बजेट विनियोजन गरिएको छ ।
फेसबुकबाट तपाईको प्रतिक्रिया