×

सुनको मूल्यमा भारी वृद्धि, कतिमा हुँदैछ कारोबार ?

माघ ८, २०८१ | दाक्सु मिडिया

काठमाडौं : मंगलबार छापावाल सुनको मूल्य ११ सय रूपैयाँले बढेको छ ।

सोमबार, छापावाल सुनको मूल्य प्रतितोला १ लाख ५७ हजार रूपैयाँ कायम भएकोमा आज १ हजार १ सय रूपैयाँले बढेर १ लाख ५८ हजार १ सय रूपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

सोमबार चाँदीको मूल्य प्रतितोला १८ सय ६० रुपैयाँ कायम भएकोमा आज १५ रूपैयाँले बढेर १८ सय ७५ रूपैयाँ कायम भएको छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

%d bloggers like this: