
काठमाडौं : बुधबार छापावाल सुनको मूल्य एक हजार ४ सय रुपैयाँले बढेको छ ।
मंगलबार, छापावाल सुनको मूल्य प्रतितोला १ लाख ४९ हजार ६ सय रूपैयाँ कायम भएकोमा आज १ हजार ४ सय रुपैयाँले बढेर एक लाख ५१ हजार रूपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
आज चाँदीको मूल्य भने स्थिर रहेको छ । आज चाँदी प्रतितोला १ हजार ७ सय ६५ रुपैयाँमा कारोबार भईरहेको छ । मंगलबार पनि चाँदीको सोही मूल्य कायम थियो ।
फेसबुकबाट तपाईको प्रतिक्रिया