काठमाडौं : आइतबार, छापावाल सुनको मूल्य १ हजार १ सय रुपैयाँले बढेको छ ।
शुक्रबार, छापावाल सुनको मूल्य प्रतितोला १ लाख ४८ हजार ५ सय रूपैयाँ कायम भएकोमा आज १ हजार १ सय रुपैयाँले बढेर १ लाख ४९ हजार ६०० रूपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
शुक्रबार चाँदीको मूल्य प्रतितोला १ हजार ७ सय ६० रुपैयाँ कायम भएकोमा आज ३० रुपैयाँले बढेर १ हजार ७ सय ९० रूपैयाँ कायम भएको छ ।
फेसबुकबाट तपाईको प्रतिक्रिया