×

२ व्यक्तिको सकुशल उद्धार गर्ने तामाङलाई महालक्ष्मी विकास बैंकले दियो १ लाख

अशोज १४, २०८१ | दाक्सु मिडिया

काठमाडौं । ललितपुर महानगरपालिका–१३ नख्खुखोलामा बाढीले बगाएका २ व्यक्तिहरुको सकुशल उद्धार गर्ने चणिकलाल तामाङलाई महालक्ष्मी विकास बैंकले १ लाख नगद सहित सम्मान गरेको छ । आइतबार बैंकको केन्द्रिय कार्यालयमा आयोजित एक कार्यक्रममा तामङ्गलाई गरिएको हो ।
तामाङले अदम्य साहस, अठोट र तत्परताले राजु शाह र उनको परिवारको सदस्यको सफल उद्धार गरेका थिए । आफुले जोखिम मोलेरै पनि २ जनाको सकुशल उद्धार गरेको भन्दै बैंकले सम्मान गरेको हो । तामाङ काभ्रे जिल्ला तेमाल गाँउपालिका–९ स्थायी वासिन्दा हुन ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

%d bloggers like this: